माेरङ ३ मा एमाले भित्र पहिराे,कानेपाेखरीमा सयौं कांग्रेस प्रवेश

ईनेपालपत्र , ८८६  पटक हेरिएको

नव प्रवेशीलाई टीका लगाईदिँदै मानबहादुर लिम्बू

माेरङ २७ कात्तिक । मङ्सिर ४ आउन सात दिन मात्रै बाँकी रहँदा माेरङकाे निर्वाचन क्षेत्र नं. ३ मा नेकपा एमाले भित्र पहिराे जाने क्रम राेकिएकाे छैन ।
शनिबार पथरीका पुराना एमाले कार्यकर्ता देवीप्रसाद प्रसाईंले एमाले छाेडे। एकदिन अघि शुक्रबार  माेरङ ३ कै कानेपोखरी गाउँपालिका वडा न.४,५,६ र ७ मा एमाले समर्थक सयाैं युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका युवा नेता सुशील राईको सहजिकरण र सञ्चालनमा कानेपोखरी-६ रमाइलो बजारमा भएको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि एवम् वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट मोरङ क्षेत्र न.३का प्रत्यक्ष तर्फका उम्मेदवार सुनिलकुमार शर्मा र प्रदेशसभाका प्रत्यक्ष तर्फका उम्मेदवार मानबहादुर लिम्बु लगायतका नेता कार्यकर्ताहरू नव प्रवेशिहरूलाई नेपाली कांग्रेस पार्टीमा स्वागत गरेका थिए । कांग्रेस प्रवेश गर्नेहरूमा युवा सङ्घ निकट युवाहरू छन् । पार्टी प्रवेश गरेका युवाहरूले संघिय लाेकतान्त्रिक ब्यवस्था र गणतान्त्रिक संविधानकाे रक्षाका लागि कांग्रेस प्रवेश गरेको बताए ।

प्रकाशित मिति: २०२२-११-१३ , समय : १९:४२:११ , १ वर्ष अगाडि