माेरङ ३ मा माझी समुदायको सहयोग लाेकतान्त्रिक वाम गठबन्धनलाई

माझी समुदायका विद्यार्थीलाई प्राविधिक शिक्षा पढाउन सहयोग गर्ने शर्माको भनाई

ईनेपालपत्र , ४४७  पटक हेरिएको

माझी समुदायका सहभागी अगुवाहरू

रमाइलो २७,कात्तिक । मोरङ क्षेत्र न.३ (१) मा माझी समुदायको आमभेलाले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्ने निर्णय गरेको छ।
शनिबार रमाइलो बहुमुखी क्याम्पस कानेपोखरी-५ मा लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन प्रचारप्रसार समिति प्रदेश क ले आयाेजना गरेको कार्यक्रममा प्रमुख अतिथि एवम् लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा माेरङ ३ उम्मेदवार डा.सुनिल कुमार शर्मा (न्यौपाने) ले आफ्नो मीत माझी समुदायको भएको बताए । माझी समुदायको धर्म ,संस्कार,संस्कृति र भाषाकाे संरक्षणका लागि सबैखाले सहयोग गर्ने बताउँदै डाक्टर शर्माले माझी समुदायको सामाजिक एवम् राजनीतिक स्थितिको बारेमा पुर्ण अनुभुती गर्ने सौभाग्य पाएको उल्लेख गरे । माझी समुदायको वृद्धि विकास र संकटमा परेको पेशाकाे संरक्षण गरि वैकल्पिक राेजगारकाे प्रबर्द्धन गर्न सहयोग गर्ने शर्माले बताए । उनले भने – माझी समुदायका बालबालिकाहरू चिकित्सा शिक्षा लिन चाहेर पनि नपाएको भए सुनील शर्मा चाैविसै घण्टा सहयोग गर्न तयार छ । उनले थपे – सन्थाल समुदायका दिनेश हस्दा डाक्टर हुन सक्ने ,माझी समुदायको नसक्ने हुन्न ।शर्माले तर, पढ्न लगनशील हुनपर्छ । कार्यक्रममा बाेल्दै माओवादी केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का समानुपातिक उम्मेदवार गिता तिम्सिनाले गठबन्धनको एउटा महत्त्वपूर्ण राजनीतिक शक्ति माओवादी पार्टीले माझी लगायतका हिजो राज्यबाट उत्पीडन र विभेदको सिकार भएको आदिवासी जनजाति समुदायको मुक्ति र समानताको मुद्दा उठाएकै कारण आज संविधानले सबैलाई सम्बोधन गरेको बताइन । माेरङ३(१) का प्रत्यक्ष तर्फका उम्मेदवार मानबहादुर लिम्बुले निर्वाचित भएपछि आफुले पाउने पारिश्रमिक माझी लगायतका समुदायको शिक्षा स्वास्थ्य लगायतको चौतर्फी विकासमा खर्चने घोषणा गरे ।
सुरेश माझी ,जहरमान माझी, कृष्ण माझी लगायतका माझी अगुवाले संयोजनमा भएको कार्यक्रम समन्वय समिति संयोजक सुशील राईले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: २०२२-११-१३ , समय : १९:१४:०० , १ वर्ष अगाडि