आइतवारे अस्त्र , पीएसपीएलकाे उपाधि उचाल्ने दाउमा !

ईनेपालपत्र , ७४५  पटक हेरिएको

पथरी ,२८ भदौ ।
पथरीशनिश्चरे प्रिमियर लिगमा सहभागी नयाँ टोली हो आइतवारे अस्त्र । पथरीशनिश्चरे ३का क्रिकेट खेलाडी र युवाहरु यस टोलीका मालिक रहेका छन् । कुनै वेलाको चर्चित क्लव विरेन्द्रनगर क्रिकेट क्लवको नेतृत्व तहमा रहेका र खेलाडी रहेका युवाहरु यस टोलीमा व्यावस्थापकीय जिम्वेवारीमा रहेका छन् ।
विरेन्द्रनगर क्रिकेट क्लवमा रहेर व्यावस्थापकिय क्षमता देखाइसकेकाहरु अहिले टोली हाकिरहेका छन् । पहिलो पटक लिगमा सहभागीता जनाउदै गरेको टोलीले नयाँ कार्य समेत थालनी गरेको छ ।
मंगलवार टोलीले आयोजना गरेको खेलाडी परिचायत्मक कार्यक्रममा टोलीका सचिव हेमन्त ओझाले टिमले अनुवन्धन गरेका खेलाडीको विमा गरिएको जानकारी दिए ।
युनियन लाइफ इन्सुरेन्स कम्पनी मार्फत प्रति खेलाडी १ लाख वरावरको दुर्घटना तथा जिवन विमा गरिएको हो । तेश्रो संस्करण सम्म लिग आइपुग्दा सम्भवत खेलाडीको विमा गर्ने पहिलो टिम भएको दावी ओझाको छ ।
त्यसै गरि अनुवन्धीत खेलाडीको पारिश्रमीक टिमले वैकिङ्ग प्रणाली मार्फत भुक्तान गर्ने भएको छ । मंगलवार नै सवै खेलाडीको कामना सेवा विकास वैकमा र्वैक खाता खोलिएको छ । अघिल्ला संस्करणमा आवद्ध टोलीले खेलाडीलाई पारिश्रमीक नदिएको गुनासो आएकोले त्यस्तो हुन नदिन वैकिङ्ग प्रणाली मार्फत पारिश्रमीक भुक्तानी गर्न लागीएको अस्त्रका अध्यक्ष राजेश कुइकेलले जानकारी दिए ।
मंगलवार गरिएको कार्यक्रममा टिममा आवद्ध खेलाडी संग टिमले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ भने अनुबन्धन पत्र समेत खेलाडिलाई हस्तान्तरण गरेको छ । टिमले आफ्ना प्रशिक्षकमा दिलिप अधिकारीलाई जिम्मेवारी दिएको छ भने टिमको व्यावस्थापकमा सुरज राई रहने छन् । पहिलो पटक आवद्ध टोलीले राम्रो नतिजा ल्याउने टोलीका सदस्यले आश लिएका छन् । तेश्रो संस्करणकै कान्छा खेलाडी रिशव न्यौपाने टोलीमा रहेका छन् । टिमले मार्की खेलाडीका रुपमा द्रोणजंग वस्नेत र समित राईलाई अनुवन्धीत गरिसकेको छ । गत सिजन क्लासिक हसन्दहका खेलाडी वस्नेत यस पटक आइतवारेमा अनुवन्धीत भएका हुन भने समितले गत वर्ष विरेन्द्रनगर स्टिल टाइगर वाट खेल खेलिसकेका छन् । तिन जना अन्डर १६का खेलाडीलाई क्लवले भित्राएको छ । अनुभवी र नयाँ खेलाडीको फ्युजनले प्रतियोगीताको उपाधी जित्ने लक्ष्य टोलीले लिएको छ । सो कार्यक्रममा खेलाडीलाई आवस्यक खेल सामाग्री र जर्सी प्रदान गरिएको थियो । कार्यक्रममा टोलीका विनोद चौधारी लगायतले वोलेका थिए ।

प्रकाशित मिति: २०२२-०९-१३ , समय : २२:५७:४८ , २ वर्ष अगाडि