कानेपाेखरीका ६२ परिवारले लालपुर्जा पाउने

ईनेपालपत्र , ११६८  पटक हेरिएको

भदौ २८ । राष्ट्रिय भुमि आयाेग माेरङ जिल्ला समितिले कानेपाेखरी ६ का भुमिहीन दलित र भुमिहीन सुकुम्बासीलाई बुधबार जग्गा धनीपुर्जा वितरण गर्ने भएको छ ।
आयाेगका गाउँपालिका इकाई प्रमुख गाेविन्दप्रसाद फुयलले सम्पुर्ण प्रक्रिया पूरा भएका १८ परिवार भुमिहीन दलित र ४४ परिवार भुमिहीन सुकुम्वासीलाई धनीपुर्जा प्रदान गर्न लागिएको बताउनुभयो । फुयलका अनुसार बुधबार भुमि ब्यवस्था एवम् सहकारी मन्त्री शशी श्रेष्ठले कानपाेखरी ६ स्थित रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्था लि. काे सभाहलमा धनीपुर्जा वितरण गर्नु हुनेछ । ६२ परिवारलाई धनीपुर्जा वितरण गर्न आयाेजित कार्यक्रममा आयाेगका राष्ट्रिय अध्यक्ष केशव निराैला,जिल्ला अध्यक्ष सुशीला घिमिरे र गाउँपालिकाका अध्यक्ष राजमति इङनाम समेतकाे उपस्थिति रहनेछ ।

प्रकाशित मिति: २०२२-०९-१३ , समय : २१:५०:४६ , २ वर्ष अगाडि